तीन महिनामा ४ अर्ब ६० करोड बराबरको धान चामल आयात
नेपालमा गत आर्थिक वर्ष २०८०\८१ को तुलनामा चालु आर्थिक २०८१\८२ वर्षको तीन महिना (साउन, भदौ र असोज) मा १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो रकम बराबर ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ ।
गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०\८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि सो वर्ष नेपालबाट १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै, सोही वर्षमा ३ लाख १९ हजारको धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्याङ्क छ ।
प्रतिक्रिया