प्रधानमन्त्री ओली नियमित काममा फर्किए
स्वास्थ सामान्य अवस्थामा फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि नियमित काममा फर्किएका छन्।
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।
ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो।
प्रतिक्रिया