पोचुगलमा मृत्यु भएका शैलुङका राजनको शव ल्याउन समस्या
काठमाडौँ, २२ कात्तिकः पोचुगलमा मृत्यु हुनुभएका दोलखाका राजन श्रेष्ठको शव नेपाल ल्याउन आर्थिक अभावका कारण समस्या भएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ घर भएका ३१ वर्षीय श्रेष्ठको शव नेपालमा ल्याउन समस्या भएको मामा मुक्तलाल श्रेष्ठले बताउनुभयो। उहॉले भन्नुन कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुत्नु भएको भान्जाको निसासीएर मृत्यु भएछ।
सामान्य परिवारका श्रेष्ठ मजदुरी गर्नका लागि करिब दुई वर्ष अघि पोचुगल पुग्नुभएको थियो। सामान्य परिवार भएकाले आर्थिक अभावका कारण श्रेष्ठको शव नेपाल ल्याउन नसकिएको हो। विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाहरुको सहयोगमा चन्दा सङ्कलनको काम भइरहेको जानकारी पाएको छौ तर कति उठ्यो के उठ्यो कसले उठाई रहेको छ हामीलाई थाहा छैन् ।
विदेशबाट शव फिर्ता ल्याउने तयारी भइरहेको तर आर्थिक र अन्य प्रकृया पुरा नभएका कारण शव नेपाल ल्याउन समस्या भएको परिवारको भनाई रहेको छ। परिवारको आर्थिक अवस्था कम्जोर भएकाले पैसा जुटाउन पनि समस्या भएको उहाँको भनाइछ । शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिनुहुन समेत मामा श्रेष्ठले सबैलाई अनुरोध गर्नुभयो।
प्रतिक्रिया