प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री राणाले गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भएका छन् ।
प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भ्रमणको संयोजन गर्ने भएका हुन् ।
दुई नेताको निर्देशनअनुरुप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको सचिव केशवराज जोशीले बताए ।
प्रधानमन्त्री ओली आगामी डिसेम्बरमा मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । एमाले र कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको यो नै पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रतिक्रिया