चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्ने
चीनको सिचुवान एयरलाइन्सले बिहीबार पोखरामा चार्टड उडान गर्दैछ। पर्यटन खेलकुद सम्बन्धी कार्यक्रममा चिनियाँ अधिकारीको सहभागिताका लागि सिचुवान एयरलाइन्सले चाटर्ड उडान गर्न लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विहान ८ः५५ मा कुनमिङबाट पोखरा ल्यान्ड गर्ने तालिका रहेको छ। ल्यान्ड गरेको डेढ घण्टामै पोखरामा कुनमिङ अन्तर्राष्टिय विमानस्थल फर्कने उडान तालिका स्वीकृत गरेको छ।
‘बिहीबार सिचुवान एयरलाइन्सको जहाजले पोखरामा चार्टड उडान गर्दैछ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘आएर केही समयमै फिर्ता जाने उडान तालिका छ।’
चीनबाट १५६ जना चार्टड उडान मार्फत आउने छन्।
पर्यटन बोर्डका निर्देशक मणिलामिछानेले चिनियाँ राजदूतावास, पर्यटन बोर्ड, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा ‘क्रस कन्ट्रि रेस’ कार्यक्रम हुन लागेको जानकारी दिए। उनले विगत ४–५ वर्ष देखी नै कार्यक्रम भइराखेको बताए।
‘४–५ वर्ष देखी चिनियाँहरूले पोखरामा गर्दै आएको कार्यक्रम हो। यसमा विभिन्न खेलकुदका गतिविधि हुन्छन्,’ निर्देशक लामिछानेले भने, ‘७ देखी ९ तारिखसम्म विभिन्न कार्यक्रम सञ्चालन हुन्छ।’
प्रतिक्रिया