पोखरा महानगरका १२९ जना कर्मचारीको एकैपटक गयाे जागिर
पोखरा महानगरपालिकाको १२९ जना कर्मचारीको एकैपटक जागिर गएको छ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले अघिल्लो वर्ष महानगरमा स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएपछि उनीहरूको जागिर गएको हो ।
आयोगको कार्तिक १३ गते बसेको बैठकले प्रदेश भित्रका पालिकामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने र समग्र कर्मचारी संरचनामा समेत असर पर्ने भन्दै नियुत्ति खारेज गरिदिएको हो ।
महानगरले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिएको आयोगको आरोप छ । पोखरा महानगरमा ३ सय ६१ जनाको संघीय दरबन्दी छ । यद्यपि, पोखरा महानगरमा स्वास्थ्य महाशाखाबाहेकमा मात्र ७ सय ४७ जना कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया