साताको अन्तिम दिन नेप्से १.८८ अंक घटेर १ अर्ब २ करोडले वृद्धि

आज साताको अन्तिम कारोबार दिन  नेप्से परिसूचक १.८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स , फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश : ०.८१ , ०.१६ र ०.२५ अंकले घटेको छ।  

 

तर,  कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा १ अर्ब २ करोडको हाराहारीमा बढेको छ।  बुधवार  ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशतले गिरावट आयो  । यसैगरी ,  म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशतले वृद्धि भयो   । 

आज १२१ कम्पनीको शेयरको   मूल्य बढ्यो, ११७ को घट्यो र  ६ को स्थिर रह्यो । कम्पनीगत रुपमा नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा   बढी  अर्थात १० प्रतिशतले  बढ्यो ।  यस्तै,  पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको शेयर  मूल्य सबैभन्दा धेरै अर्थात  ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको पनि  ३.५ प्रतिशत घट्यो ।