प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि  अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ