कोशीका आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले बुझाए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका  छन् ।  अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाएका छन् । उनले तिहार विदाका समयमा भएको आफ्नो जापान भ्रमणका क्रममा उठेका केही प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।

lila-p