बैंकहरुबाट थप १ अरब खिच्दै नेपाल राष्ट्र बैंक

 बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले थप १ अरब रुपैया खिच्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल उपकरण मार्फत २१ दिनका लागि रकम उठाउन लागेको हो । 

तरलता अधिक भएका बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकमा प्रस्ताव पेश गर्दैछन्। हाल तरलता अधिक भएका कारण अन्तर बैंक कारोबार लगभग बन्द जस्तै छ।