घरेलु मैदानमा रियलको हार

काठमाडौँ, २१ कात्तिकः रियल मड्रिडले आफ्नो घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ भने च्याम्पियन्स लिगमा ४ खेलमध्ये दुईमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग १ - ३ गोलले स्तब्ध बनेको हो ।

गत एल क्लासिकोमा बार्सिलोनासँग ४–० को लज्जास्पद हार बेहोरेको रियल एसी मिलानविरुद्ध १२ औं मिनेटमा नै पछि परेको थियो । म्यालिक थिअले क्रिस्टियन पुलिसिचको पासमा मिलानलाई अग्रता दिलाएका थिए ।
हाम्रो

२३ औं मिनेटमा रियलले पेनाल्टी पायो जसलाई भिनिसियस जुनियरले सजिलै गोलमा परिणत गरे । तर, पहिलो हाफको अन्त्यतिर रियलका पूर्वखेलाडी अल्भारो मोराटाले पुनः मिलानलाई खेलमा बढाए ।

दोस्रो हाफको ७३ औं मिनेटमा टिजानी रेड्जन्डरर्सले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । साबिक विजेता रियलले प्रतियोगिताको ४ खेलबाट मात्र ६ अङ्क बटुल्न सकेको छ । यसअघि टोली अक्टोबरमा लिलसँग पराजित भएको थियो ।