वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
कुलमानलाई हटाउने कि सरुवा गर्ने ? यस्तो छ सरकारको तयारी
सरकारको निर्देशन र निर्णयको पनि पालना गर्न छाडेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाहीको तयारी छ। सरकारले दसैंताका लिखित स्पष्टिकरण सोधे पनि घिसिङले टेरेका थिएनन्। तिहारका कारण सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन। तर, अब दुई विकपल्पमा कारबाहीको तयारी गरिएको छ। प्राधिकरणका ठेक्कामा मोटो रकम असुल गर्ने गरेका घिसिङमाथि अख्तियार र सम्पत्ति सुद्धिकरणमा उजुरी छ। प्रधानमन्त्री केपी शर्मा ओली उनलाई यसअघि बर्खास्त नै गर्ने तयारी गरेका थिए। तर, सार्वजनिक खपतका लागि उद्योगीको लाइन काटेर बजार पिटिरहेका घिसिङले फेरि सरकारको निर्देशनविपरीत लाइन काटेका थिए। त्यही भएर प्रधानमन्त्री ओली, ऊर्जामन्त्री दिपक खड्का, कानून मन्त्रालयका सचिव, ऊर्जा मन्त्रालयका सचिवलगायतको छलफलले घिसिङलाई कारबाहीका लागि दुई विकल्प तयार पारेको हो।
https://barnanmedia.com/news/detail/201685/
ब्रान्ड विस्तार गर्दै हयात, नेपालमा चौथो ब्राण्ड बन्यो गोल्यान ग्रुपको ‘ह्यात रेजेन्सी लुम्बिनी’
हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनी सँग सम्झौता गरेको छ । हयात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो होटेल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा संचालमा रहनेछ । यसअघि काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही संचालनमा रहेको छ ।
https://barnanmedia.com/news/detail/201798/
थारु समुदायको सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निर्णय
देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।
https://barnanmedia.com/news/detail/201800/
प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्कीले मागे माफी
प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउने भ्लगर रतन कार्कीले माफी मागेका छन् । कार्कीले कार्तिक १४ गते एक भिडिओ बनाएर प्रधानमन्त्री ओलीलाई मार्न सकिने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । साफको फाइनल खेल हेर्न दशरथ रङ्गशाला पुगेका प्रधानमन्त्री ओलीलाई जापानमा बस्ने कार्कीले प्रधानमन्त्रीको हत्या गर्न सकिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि उनलाई प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । कानुनी फन्दामा परिने डरले कार्कीले एक भिडिओ मार्फत माफी मागेका छन् । उनले आफूले कसैलाई लक्षित गरेर उक्त शब्द नभनेको र सुन्दा मात्रै त्यस्तो सुनिएको बताएका छन् ।
https://barnanmedia.com/news/detail/201788/
अन्तरिक्षमा ६ महिनाभन्दा बढी समय बिताएर पृथ्वीमा फर्कियो चीनको ‘शेनझोउ १८’ टोली
चीनको शेनझोउ १८ टोली अन्तरिक्षमा ६ महिनाभन्दा बढी समय बिताएर हालै पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यात्रीहरू ये ग्वाङफु, ली कङ्ग, र ली ग्वाङ्सुले यस वर्षको अप्रिल २५ देखि चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा बसोबास गरिरहेका थिए। उनीहरूले उत्तर चीनको डोङफेङ अवतरण स्थलमा अवतरण गर्दैआफ्नो मिशन नोभेम्बर ३ मा सम्पन्न गरे। स्पेस डटकमले उल्लेख गरे अनुसार यो अवतरण लगभग दिउँसो १२:२४ ईएसटी (बेलुकी १७:२४ जीएमटी वा नोभेम्बर ४ मा बेइजिङ समय अनुसार बिहान १२:२४) मा भयो। चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीका अनुसार तीनै जना अन्तरिक्ष यात्रीहरू स्वस्थ अवस्थामा थिए।
दसैँ र तिहारको अवधिमा जुवातास खेल्ने ३९७ जना जुवाडे पक्राउ, २९ लाख बरामद
सुदूरपश्चिम प्रदेशमा दसैँ र तिहारको अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टोलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ११ लाख ९ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।
जिम्बाब्वेमा ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध
जिम्बाब्वे सरकारले तत्कालै लागू हुने गरी ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको जानकारी एक ज्ञापनपत्र मार्फत दिइएको छ । जसमा प्रहरीलाई ड्युटीमा रहँदा कुनै पनि प्रकारको व्यक्तिगत कुराकानीका लागि मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिइएको छ। सबै अधिकारीहरूलाई प्रहरी चौकी पुग्ने बित्तिकै आफ्नो पर्यवेक्षकलाई मोबाइल फोन बुझाउन भनिएको छ । ब्रेकको समयमा मात्र मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएको छ । ज्ञापनपत्रमा यो प्रतिबन्ध लगाउनुको कुनै कारण नदिइएको छैन । यद्यपि, यसलाई प्रहरी विभागमा रहेको भ्रष्टाचार घटाउने प्रयास भएको मानिएको छ ।
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हुँदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् ।
दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीकाे सर्कुलर जारी
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सांसद दीपक मनाङे भन्ने राजिव गुरुङलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ। मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेको हो। आदेशसँगै मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च स्रोतले जानकारी दियो। सर्वोच्चको आदेशसँगै मनाङे भने मोबाइल फोन समेत स्वीच अफ गरेर फरार भएका छन्।
फुटबल मैदानमा सेतो सुँगुरको टाउको
विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना हुने गरेका छन् । मंगलबार ब्राजिलमा सम्पन्न एक क्लबस्तरीय भिडन्तमा एउटा रोचक घटना हुन पुगेको छ।ब्राजिल सिरि ए अन्तर्गत दुई चिरप्रतिद्वन्द्वीबीच स्थानीय समयअनुसार सोमबार राति भएको भिडन्तका क्रममा मैदानमा काटिएको सुँगुरको सेतो टाउको फ्याँकिएको हो । दुई प्रतिद्वन्द्वी क्लबहरू कोरिन्थियान्स र पाल्मेइरासबीचको बहुचर्चित भिडन्तका क्रममा सुँगुरको टाउको एकजना समर्थकले मैदानमै फ्याँकेका हुन् ।
अफगानिस्तानमा दादुराका बिरामी उच्च
अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ । यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । “सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भन्नुभयो । उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिनुभयो ।दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो । दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा कति कमायाे ?
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमै निर्माताले लगानी उठाएर नाफामा गएको वितरकको दाबी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ ।
विमान निर्माण कम्पनी बोइङका कर्मचारीद्वारा हड्ताल बन्द
विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वीकार गर्ने पक्षमा मतदान गरेपछि सेप्टेम्बर १३ देखि जारी आन्दोलन सकिएको घोषणा गरिएको छ । ५९ प्रतिशत कर्मचारीले कम्पनीले दिएको अफर स्वीकार गर्ने पक्षमा मतदान गर्दै आन्दोलन समाप्त पार्ने निर्णय गरेका हुन् ।यस अघि दुई साता अघि भएको मतदानमा कम्पनीको अफर स्वीकार नगर्ने पक्षमा ६४ प्रतिशतले मतदान गरेका थिए । कम्पनीले कमर्चारीलाई तुरुन्तै १३ प्रतिशत पारिश्रमिक बढाउने भएको छ भने अर्को दुई बर्ष ९-९ प्रतिशत पारिश्रमिक बढाउने प्रस्ताव गरेको छ । त्यस्तै चौथो र पाँचौं बर्षमा ७-७ प्रतिशत बढाउने बताएको छ ।
आगलागी हुँदा एउटा घर जल्याे, एकजना गम्भीर घाइते
पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ। एकजना गम्भीर घाइते हुनुभएको छ। मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक)बेनिलाल साहले बताउनुभयो। आगलागी भएको घर स्थानीय कुमारी राईको रहेको प्रहरीले जनाएको छ ।घाइते राईलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा पठाइएको प्रहरीको भनाइ छ।
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिनुभएको छ । मङ्गलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ । सिएनएनका अनुसार कनेक्टिकट, न्युजर्सी, न्युयोर्क, न्युह्याम्पशायर र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्रहरू अहिले खुला छन् ।इन्डियाना र केन्टकीमा मतदान पहिले नै सुरु भइसकेको छ र मध्य समय क्षेत्रका केही क्षेत्र भारतीय समयानुसार साँझ ५ः३० बजे खुलेका छन् । मेनमा सबै मतदान स्थलहरू खुला छन् तर पाँच सयभन्दा कम जनसङ्ख्या भएका केही नगरपालिका भारतीय समयानुसार राति ८ः३० बजे खुल्न सक्छन् ।न्युह्याम्पशायर राज्यको डिक्सभिल नच टाउनशिपले दशकौँ लामो परम्परा अनुरूप मध्यरातमा (स्थानीय समय) मतदान गरेको छ । हाल ह्यारिस र ट्रम्प तीन–तीन मतमा बराबरीमा हुनुहुन्छ ।
प्रतिक्रिया