प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्कीले मागे माफी
प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउने भ्लगर रतन कार्कीले माफी मागेका छन् ।
कार्कीले कार्तिक १४ गते एक भिडिओ बनाएर प्रधानमन्त्री ओलीलाई मार्न सकिने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
साफको फाइनल खेल हेर्न दशरथ रङ्गशाला पुगेका प्रधानमन्त्री ओलीलाई जापानमा बस्ने कार्कीले प्रधानमन्त्रीको हत्या गर्न सकिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि उनलाई प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
कानुनी फन्दामा परिने डरले कार्कीले एक भिडिओ मार्फत माफी मागेका छन् । उनले आफूले कसैलाई लक्षित गरेर उक्त शब्द नभनेको र सुन्दा मात्रै त्यस्तो सुनिएको बताएका छन् ।
‘मार्छु भन्ने शब्द बोलेको थिएँ । तर मैले कुनै पनि राजनीतिक व्यक्तिलाई लक्षित गरेर बोलेको थिइनँ’ उनले भनेका छन्,‘मैले बोलेको शब्दले त्यो आए पनि मैले त्यो भन्न खोजेको थिइनँ । त्यो शब्द भन्न गलत गरेँ, त्यसको लागि म सबैसँग माफी माग्न चाहन्छु ।’
प्रतिक्रिया