नेदरल्यान्डमाथि ओमान ८ विकेटकाे विजयी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली ओमानले सहज जीत हासिल गरेको छ।
अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ओमाने पाहुना टोली नेदरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १३२ रनको सामन्य लक्ष्य ओमानले ३४.१ ओभरमा दुई विकेट गुमाउँदै १३३ रन बनाएर पूरा गर्यो।
ओमानका लागि ओपनर जतिन्दर सिंहले ९५ बलको सामना गर्दै ५८ रनको अर्धशकीय पारी खेले। यस्तै, अर्को ओपनर आशिष ओडेडाराले २७ रनको योग्दान दिए। पहिलो विकेटका लागि सिंक र ओडेडाराले ८१ रनको साझेदारी गर्दै बलियो योगफल तयार पारेका थिए। यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वसीम अलीले २४ रन बनाउँदा हमाद मिर्जाले ७ रनमा अविजित रहे।
यता, नेदरल्यान्डका आर्यन दत्त र रोइलोफ भ्यान एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
नेदरल्यान्डका लागि बा डे लीडेले अर्धशतकीय पारि खेले उनले ८९ बलमा ५१ रन बनाएर आउट भए। नूह क्रोसले २९ रन बाहे अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।यता, ओमानका लागि बलिङतर्फ शकील अहमद १० ओभरमा २६ रन खर्चएिर चार विकेट लिए। आमिर कलीमले दुई विकेट हात पारे।
ओमान जीतसँगै १० खेलबाट १० अंकसहित छौटौँ स्थानमा रहेको छ। समान खेलबाट १२ अंक रहेको चौथो स्थानमा छ।
प्रतिक्रिया