जिबीलाई धुलिखेलको रिसोर्टमा लुकाइयो : दुर्गा प्रसाईं

आफूलाई राजावादी अभियन्ता भन्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जिबी राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा लुकाइएको आरोप लगाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेल हाल्ने पक्का भएपछि सरकारले लोकप्रियताको निम्ति जिबीलाई आत्मसमर्पण गराउन लागेको उनको ठोकुवा छ । प्रसाईंले ‘विशेष खुलासा’ भन्दै रवि पक्राउ पर्नुभन्दा पाँच दिनअघि जिबीलाई नेपाल ल्याइएको दावीसमेत गरे ।  

दुर्गा प्रसाईं लेख्छन्

रवि लामिछाने जेल जाने पक्का मलाई बिशेष सुत्रबाट जानकारी एक बिशेष खुलासा !!

रवी लामीछाने पक्राउ पर्नु ५ दिन अगाडि जिबि राइलाई नेपाल ल्याईएको थियो । काभ्रे धुलिखेलको एक रिसोर्टमा उनलाई राखिएको थियो । यो काम एमाले र कांग्रेसका नेताको सक्रियतामा भएको थियो । त्यहिँ उनिसंग एमाले र कांग्रेसका केहि नेता को वार्ता पछि यो कुरा युरोपियन युनियनले थाहा पाए रवी छुटाउन सक्छ भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राईलाई संरक्षण गरि राखिएको छ । रबीलाई जेल हाल्ने पक्का भएपछि मात्र जिवीलाई प्रहरी अथवा अदालतमा आत्मसर्मपण गर्न लगाएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लोकप्रियता बटुल्न् खोजेको प्रहरी उच्च स्रोतको दाबी छ ।

सहकारी ठगि काण्डमा रवि लामिछाने जेल जाने पक्का भएपछि जिवीलाई सहकारीको सबै पैसा तिर्ने सर्तमा सरकारले छुट दिने गरी नेपाल ल्याएको हो ।। केपी ओली , गगन थापा र आरजु देउवाको डिजाईनमा यो काम भएको मलाई बिशेष सुत्रबाट जानकारी आएको छ । यहि कारण गगन थापा शेर बहादुरको पोल्टामा गईसकेका छन् । यसको प्रमाण के पनी हो भने अहिले शेरबहादुरले गर्ने हरेक निर्णयमा गगन थापा संगै छन् ।

मैले यसै भनेको होईन यो देश भ्रष्ट तस्कर दलालले चलाउँछन् र त्यसको नेतृत्व केपी ओलीले गर्छन भनेर । अब पनी नजागे कहिले जाग्ने हो नेपाली ?