रास्वपाकाे आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोस्याे

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ । 

मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो । 

जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले ढुङ्गा नहान्न कार्यकर्तालाई आग्रह गर्दै उनले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले प्रहरीलाई आफ्नो स्थानमा जान आग्रह गरेकी छिन् । 

पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरेका उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।