नेपाल प्रिमियर लिग : रोहन मुस्ताफा सुदूरपश्चिम रोयल्समा अनुबन्ध
युएईका अलरान्डर रोहन मुस्ताफा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
सुदूरपश्चिमले चौथो विदेशी खेलाडीको रुपमा मुस्ताफालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । तेस्रो विदेशी खेलाडीको रुपमा सुदूरपश्चिमले न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको थियो ।
३६ वर्षिय मुस्ताफाले हालसम्म युएईका लागि ८१ ओडिआई र ५८ टि ट्वान्टी आईमा १ सय ४६ विकेट तथा २ हजार ५ सय १० रन बनाएका छन् । मुस्ताफाले यसअघि नेपालमा भएका विभिन्न फ्रेन्चाइजी लिगको अनुभव लिई सकेका छन् ।
एनपिएलमा ८ टिमको सहभागीता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन्
सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।
टोलीको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।
सुदूरपश्चिम रोयल्सको टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ जेब, स्कट कुगेलेइन र रोहन मुस्ताफा
प्रतिक्रिया