नेपाल प्रिमियर लिग : श्रीलङ्काका मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने
श्रीलंकामा मुल थलो भएका अमेरिकाका क्रिकेटर लाहिरु मिलन्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
जनकपुरले चौथो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर मिलन्थालाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । ३० वर्षिय मोहसिनले हालसम्म ४६ टि ट्वान्टी खेलेका मोहसिनले १ हजार ८२ रन बनाएका छन् ।
जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प र मोहम्मद मोहसिनलाई अनुबन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।
जनकपुर बोल्ट्सको टोली
आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन र लाहिरु मिलन्था।
प्रतिक्रिया