नेपाल प्रिमियर लिग : इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचलीले पोखरा एभेन्जर्सबाट खेल्ने
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचलीले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखराले चौथो विदेशी खेलाडीको रुपमा म्याटलाई टोलीमा अनुबन्ध गरेको हो । चार विदेशी खेलाडीको न्युनतम कोटा पूरा गर्ने पोखरा पहिलो टोली हो ।
पोखराले पहिलो विदेशी खेलाडीमा अमेरिकाका क्रिकेट आन्द्रेस गौस, दोस्रो खेलाडीमा नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडे तथा तेस्रो खेलाडीका रुपमा वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको थियो ।
२८ वर्षिय म्याटले १ सय ४१ टि ट्वान्टी खेलमा १ हजार ९ सय ७३ रन तथा १ सय २० विकेट लिएका छन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।
पोखरा एभेन्जर्स टिम
कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्र्देश गौस, बास डि लिडे, एन्डरसन फिलिप र म्याट क्रिचली
प्रतिक्रिया