रवि लामिछाने रिहा भएको भन्दै सरकारले भ्रम फैलायो : तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले सभापति रवि लामिछाने रिहा भएको भन्दै सरकारले भ्रम फैलाएको आरोप लगाएकी छन् ।
उनले जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रवि रिहा भइसके भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोजेको बताइन् ।
तोसिमाले सामाजिक सञ्जालमा लेखि्न
यता थुनामा राखिरहने,अनुसन्धान पनि नगर्ने,पर्याप्त बयान पनि नलिने अनि म्यादचाहिँ थपिरहने।
उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचनाहरू प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोज्ने।
वा गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदैछौँ हामी।
थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस्। निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस्।
प्रतिक्रिया