अर्घाखाँचीमा भारतीय कार दुर्घटना,

अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।

सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल  खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चत्र बहादुर मल्लले  गाडी पूर्णरुपमा क्षति भएको बताए । उनले एक जनाको उद्धार भएपनि अन्यको उद्धार गर्न समस्या भइरहेको बताए ।