भाइटीकाको साइत बिहान ११ः ३७ बजे

आइतबार यस वर्ष भाइटीकाको साइत बिहान ११ः ३७ बजे परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको जनाएको छ ।समितिका  अनुसार नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।