विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

 आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।यस सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित निकालेको छ। 

यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो। लिग–२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ।  नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन।

नेपालको प्लेइङ ११ :
आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल९कप्तान०, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने