वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
तिहारमा केन्द्र सरकारका कार्यालय बन्द, काठमाडौं महानगर एक्सनमा
तिहार लागेसँगै केन्द्र सरकारका कार्यालयमा सार्वजनिक विदा छ। तिहारका बेला बजार अनुगमनमा सक्रिय हुनुपर्ने वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी पनि बिदामा छन्। चाडपर्वमा खाद्य तथा अन्य वस्तुमा कालोबजारी हुन्छ।
तर, कालोबजारी रोक्ने जिम्मेवारी पाएको वाणिज्य विभागमा विदा लागेको छ भने अखाद्य वस्तु मिसावट भएका मिठाइ बजारमा छ्यापछ्याप्ती हुँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले देखेको छैन, हुन त यो कार्यालयका कर्मचारी पनि विदामा
https://barnanmedia.com/news/detail/201407/
कुलमानसामु अख्तियारदेखि सरकारसम्म किन एकसाथ लत्रिए ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसामु सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिसमेत एकसाथ लत्रिएका छन् । विभागीय मन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्का आफै कमजोर धरातलमा रहेर कुलमानमाथि प्रश्न गरेपछि सिंगो सरकार नै कुलमानसामु निरीह देखिएको छ ।
https://barnanmedia.com/news/detail/201417/
रविका अवैध कारोबारका हिसाबमा प्रहरी व्यस्त, ९० दिन थुने पनि अनुसन्धान सक्न मुस्किल
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका आर्थिक कारोबारका विवरण देखेर अनुसन्धानमा खटिएका प्रहरी र सरकारी वकिल नै छक्क परिरहेका छन् । उनले पछिल्ला दस वर्षको अवधिमा कम्तीमा ५० करोड रुपैयाँबरबारको शंकास्पद कारोबार गरेको पाइएको छ ।
https://barnanmedia.com/news/detail/201419/
तातो तेलमा मोबाइल खसेर विस्फोट हुदाँ एक युवककाे मृत्यु
मोबाइल फोन विस्फोट हुँदा भारतमा शुक्रबार एक जनाको ज्यान गएको छ । मध्य प्रदेशस्थित भिण्ड जिल्लामा चन्द्रप्रकाश नामका एक युवकको मोबाइल विस्फोटमा ज्यान गएको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार ती व्यक्तिले खाना पकाउँदै मोबाइल फोन हेरिरहेका थिए । तर अचानक हातबाट तातो तेलमा मोबाइल खस्दा फोन केहीबेरमै विस्फोट भयो । उनलाई पूर्ण रूपमा जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भयो ।
https://barnanmedia.com/news/detail/201465/
बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन्
धुलिखेल (काभ्रेपलाञ्चोक), १७ कात्तिकः तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् ।
https://barnanmedia.com/news/detail/201466/
भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम राख्न वार्षिक एक करोड नयाँ रोजगारी आवश्यक
भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि) वृद्धि कायम राख्न वार्षिक करिब एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ ।
https://barnanmedia.com/news/detail/201459/
हिरासतमा रहेका रवि लामिछानेलाई स्वर्णिम वाग्लेकाे पुस्तक उपहार
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक पनि उपहार पनि दिएका छन् ।
https://barnanmedia.com/news/detail/201456/
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः १५ बजे सुरु हुनेछ ।
https://barnanmedia.com/news/detail/201453/
काभ्रेको रोशीमा एक महिला मृत फेला
काभ्रेको रोशीमा एक महिला मृत फेला परेकी छन्।
रोशी गाउँपालिका- ३ भञ्ज्याङ निवासी साइँलाकाजी तामाङकी पत्नी ६६ वर्षीया माइली लामा शुक्रबार साँझ आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी हुन्।
https://barnanmedia.com/news/detail/201451/
तिहारमा सस्तिएकाे ढाकाटोपीको मूल्य
तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन्।
स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइ टीकाका लागि ढाकाटोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे। उनले गतवर्ष भन्दा यसवर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए।
https://barnanmedia.com/news/detail/201477/
दीपिका पादुकोण र रणवीर सिंहले खुलाए छोरीको नाम
बलिउड दम्पती दीपिका पादुकोण र रणवीर सिंहको सेप्टेम्बर ८ मा छोरीको जन्म भएको थियो। करिब २ महिनापछि यो जोडीले आफ्नो छोरीको नाम फ्यानसामु खुलाएका छन् ।
छोरीको जन्मको समयमा, यो जोडीले इन्स्टाग्राममा एक स्टोरी सेयर गरेर यसको घोषणा गरेका थिए । अब दुबैले इन्स्टाग्रामबाटै छोरीको बारेमा ठूलो जानकारी दिएका हुन्। दिपावलीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले पनि छोरीको नाम र यसकोअर्थ खुलाएका छन् । स्टार जोडीले आफ्नो छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेका छन्।
https://barnanmedia.com/news/detail/201501/
रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीकाे कास्कीमा पत्र
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ ।
कार्तिक २ मा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् ।
https://barnanmedia.com/news/detail/201497/
काठमाडौंबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला
दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको जहाजमा दिउँसो ४ : ३१ मा बम थ्रेट रहेको सूचना आएको थियो । जहाजमा बम रहेको सूचना आएपछि प्रहरी टोली रनेपाली सेनाको टोलीले जाँच गरेको हो ।
https://barnanmedia.com/news/detail/201495/
हङकङ सिक्सेसको प्लेट सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने
हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाए ८३ रन मात्रै बनाएपछि नेपाल पराजित भएको थियो।नेपालले अब प्लेट सेमिफाइनल खेलमा युएईसँग आइतबार खेल्ने भएको हो। युएई बंगलादेशसँग १८ रनले पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो।
https://barnanmedia.com/news/detail/201492/
अर्को तीन वर्ष ओली-देउवाकै शासन चल्दा देशको के बेहाल हुने होला ? : रवि लामिछाने
सहकारी ठगी प्रकरणमा यही कार्तिक पहिलो सातादेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘अर्को तीन वर्ष ओली-देउवाकै शासन चल्दा देशको के बेहाल हुने होला ?’ भन्दै प्रश्न गरेका छन् ।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति लामिछानेसँग भेट गरेका हुन् । भेटका क्रममा रविले आफूसँग त्यस्तो प्रश्न गरेको उनले उल्लेख गरेका छन् ।
https://barnanmedia.com/news/detail/201481/
इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रविद्धता व्यक्त गर्नु भएको छ ।
खमेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थक विरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताउनु भएको हो ।
https://barnanmedia.com/news/detail/201485/
शाहरुखकाे जन्मदिनमा पूजा शर्माले भनिन्: ‘माई आइडल, लभ यु किङ’
बलिउड सुपरस्टार शाहरुख खानको आज (नोभेम्बर २) ५९औँ जन्मदिन। यस अवसरमा उनलाई आफ्नो देशसहित विश्वभरका प्रशंसकले बधाई दिइरहेका छन्।
यसै क्रममा नेपाली अभिनेत्री पूजा शर्माले पनि शाहरुखलाई जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना दिएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक प्रतिष्ठित र प्रतिभाशाली अभिनेतालाई जन्मदिनको शुभकामना! धन्यवाद शाहरुख, जतिबेला म एकदमै कमजोर अवस्थामा थिएँ, त्यतिबेला मलाई सम्हालिनका लागि तपाईं एक रत्न हुनुहुन्छ। अल्लाहले तपाईंका हरेक मनोकामना पूरा गरून् र तपाईँलाई सधैँ स्वस्थ र खुसी राखून्, माई आइडल! लभ यु किङ।’
https://barnanmedia.com/news/detail/201470/
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
https://barnanmedia.com/news/detail/201474/
प्रतिक्रिया