काठमाडौंबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला

दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको जहाजमा दिउँसो ४ : ३१ मा बम थ्रेट रहेको सूचना आएको थियो । जहाजमा बम रहेको सूचना आएपछि प्रहरी टोली रनेपाली सेनाको टोलीले जाँच गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकका अनुसार काठमाण्डौ हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रु हरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो । सबै लगेजहरू झारी पुन कुकुर समतेको प्रयोग गरी जाँच भइरहेको एसएसपी बिकले जानकारी दिए ।