फुटबल हेर्न गएका २६ वर्षीय युवक मृत फेला
सिरिजङ्गा गाउँपालिका–४ तेल्लोक निवासी विवेक भनेर चिनिने धनबहादुर भण्डारी मृत भेटिएका छन्।
कार्तिक १४ गते तेल्लोककै याङपाङमा सञ्चालित महिला फुटबल प्रतियोगिता हेर्न गएका २६ वर्षीय उनी घर नफर्किएपछि परिवार र प्रहरीले खोजतलास गर्दा शनिबार मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतका अनुसार शनिबार बिहान फुन्द्रुवा भीरमा मृत अवस्थामा उनको शव भेटिएको हो।
तेल्लोक इलाका प्रहरीबाट खोजतलासमा खटिएको र सदरमुकाम फुङलिङबाट गएको प्रहरी निरीक्षकसहितको टोली स्थानीयले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको बस्नेतले बताए।
स्थानीयले भीरबाट करिव दुई सय मिटर झरेको अवस्थामा शव भेटिएको बताए।
प्रतिक्रिया