नियमित शारिरीक सम्पर्क :  डिप्रेसन गायब, यस्ता फाईदा

काठमाडौँ, १७ कात्तिक: यौन मानव जीवनको एक महत्वपूर्ण पाटो हो । विशेष गरि दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यस्तै यौन कार्यमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ समेत हुने विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।

विभिन्न अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम हुन्छ । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ ।

त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ ।यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ र नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ ।

यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ ।

यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ ।

स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ ।

यसबाट ‘सेल्फ एस्टिम’ बढ्छ र ‘डिप्रेसन’ कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् ।

यस्तै वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन ।

यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो :

केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि भन्लान्, अर्कोले अर्कोथरि । तर, यो यस्तो जिज्ञाशा हो जसको उत्तर खोज्न जोसुकैलाई कौतुहलता जागिरहन्छ । 
तपाईले ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ?

यसको विषयमा एउटा अनुसन्धान भएको छ ।

अर्को भाषामा भन्नुपर्दा, एक यस्तो अवस्था जुन बेला मानिस ‘मदहोसी’ को संसारमा भुलिरहेको हुन्छ वा भनौं सम्भोगको नशामा बेहोसी भई यस्तो आवाज निकालिरहेको हुन्छ । यस्तो किन हुन्छ त रु यसको जवाफ खोज्न विज्ञानका धेरै पाटाबाट अनुसन्धान भएको छ । वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निस्किन्छ ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पहिल्याउन खोजेका छन् ।

दुवैले आफ्नो ‘सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल’ सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला, जो सेक्समा अनुभवी छन्, उनीहरुसँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।

अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ अधिकांश महिलाले यसको जवाफ आलटालमा ‘हो’ भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।

सम्भोग गर्ने बेलामा महिलामा आर्गज्म ९एक प्रकारको छुट्टै आनन्द० फोर प्लेको समयमा अधिक देखा पर्ने गर्छ । यही बेला महिलाहरु सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले ‘स्टप, गो, एस, मोर प्लिज’ आई लभ यू, वान्ट टु बेबी बोस जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ – उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज ?

अनुसन्धानका दौरानमा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् ।

९२ प्रतिशत महिलाको यो भनाइ छ कि, ‘उह, आह, आउँच’ को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बला उसलाई भइरहेको थकान दुर गर्नमा सहायता पुग्दछ । केहि महिलाहरुले भनेका छन् यसबखत मजा, काउकुति र आनन्द प्राप्त हुन्छ । त्यसको लागि प्रस्तुत गर्ने अरु शब्द छैन । यसअर्थ उनीहरु छोटकरी शब्दको सहायता लिन्छन् ।

सेक्स एक यस्तो प्रक्रिया हो, जहाँ दुवै पार्टनरको प्रदर्शनले पनि आर्गज्ममा पुग्न निकै सहयोग पुग्दछ । र, यो कुरा पनि भुल्नु हुँदैन कि यस्तो आवाज केवल महिला वा पुरुषले मात्र निकाल्दैनन् । जनावरहरुले पनि सेक्सको दौरानमा विशेष प्रकारको आवाज निकाल्ने गरेको कैयौं अनुसन्धानहरुमा प्रमाणित भइसकेको छ ।

यसबाहेक इन्टरनेटमा अपलोड भइरहेका असंख्य पोर्न भिडियोको अर्काइभ हेर्दा पनि त्यहाँ महिला धेरै आवाज दिइरहेको देख्न पाइन्छ । भलै त्यो रियल आवाज भने हुँदैन । त्यस्ता साइटहरु हेर्नेहरुमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक प्रभाव परिसकेको हुन्छ, अनि आफ्नो यौनक्रियामा त्यो देखाउन चाहन्छन् । सेक्सको दौरानमा यस्तो ‘बोल्ड’ पन ‘हेट्रोसेक्सुअल’ महिलामा बढी देखिने गरेको अनुसन्धान देखाएको छ । सबै सामाग्री विभिन्न अध्ययन र एजेन्सीको सहयोगमा तयार पारिएको हो ।