आज भेनेजुयला जाँदै माधव नेपाल

काठमाडौँ, १७ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला जाँदैछन् । त्यहाँको पार्लियामेन्ट्री फोरमले यही नोवेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन उनी आज दिउँसो भेनेजुयला जान लागेका हुन् ।

पार्टी सचिव शेरबहादुर कुँवरले आज दिउँसो साढे १२ बजेको उडानबाट अध्यक्ष नेपाल र आफु भेनेजुयला जान लागेको जानकारी दिए ।

अध्यक्ष नेपालले यहि नोभेम्बर ४ तारिखमा हुने उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर उनीहरु नोभेम्बर ७ तारिखका दिन स्वदेश फर्कने नेता कुँवरले जानकारी दिए ।