वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
सरकार पिच्छे भूमि समस्या समाधान आयोग, सरकारले बनायो १९औँ आयोग
भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि भन्दै हरेक सरकारले भूमि आयोग गठन गर्ने गरेका छन्। राजनीतिक प्रतिनिधित्वका आधारमा गठन हुने यस्ता आयोगको काम वास्तविक सुकुम्बासी समस्या समाधानका लागि हुँदैन। बरु जुन दलको सरकार छ, त्यही दललाई आगामी निर्वाचनमा भोट बढाउने गरी जग्गाधनी पुर्जा बाँडिन्छ। अर्थात् आयोग गठनको मुख्य उद्देश्य भोट बैंक हो। ०६२÷६३ को जनआन्दोलनपछि यो समस्या सतहमा आएको हो। हरेक सरकारले आयोग गठन गर्छन्, नयाँ सरकार गठन हुँदा विघटन हुन्छ। फेरि नयाँ आयोग बन्छ। सरकारले फेरि भूमि आयोग बनाएको छ। मंगलवारको मन्त्रिपरिषद् बैठकले प्यूठानका हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो।
https://barnanmedia.com/news/detail/201289/
कुलमानसामु अख्तियारदेखि सरकारसम्म किन एकसाथ लत्रिए ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसामु सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिसमेत एकसाथ लत्रिएका छन् । विभागीय मन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्का आफै कमजोर धरातलमा रहेर कुलमानमाथि प्रश्न गरेपछि सिंगो सरकार नै कुलमानसामु निरीह देखिएको छ । कुलमानले प्राधिकरणमा रहेर विगतमा सीएफएल चिम प्रकरणदेखि हाल भूमिगत तार र ट्रान्सफर्मर प्रकरणसम्म कुन हदसम्म घोटाला गरेका छन् भन्ने कुरा सबै छताछुल्ल भइसक्दा पनि अख्तियारले त कुनै अनुसन्धान गरेको थिएन नै । सरकारका तर्फबाट ऊर्जामन्त्री दीपक खड्काले १५ बुँदे विवरण माग गरेकामा कुलमानले त्यसको जवाफ नै नदिँदासमेत सरकारले कुनै कदम चाल्न सकेको छैन ।
https://barnanmedia.com/news/detail/201341/
साहित्यकार ओलीको ८४ वर्षको उमेरमा निधन
झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो । साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुई पटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यस्तै, तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो । ओलीका १६ वटा साहित्यिक कृति प्रकाशित छन् । निबन्ध सङ्ग्रह, कविता सङ्ग्रह, उपन्यास र कथा सङ्ग्रह प्रकाशित छन् । ओली नेपाल प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य र झापा अध्यक्ष रहनुभएको थियो । साहित्यकार ओलीले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गर्नुभएको थियो । सेवानिवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष तथा शनिश्चरे बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष रहनुभएको थियो ।
राष्ट्रिय झन्डामाथि भगवा झन्डा फहराएको आरोपमा दुईजना पक्राउ
बंगलादेशको चटगाउँमा प्रहरीले राष्ट्रिय झन्डाको अपमान गरेको आरोपमा दुई अल्पसंख्यक हिन्दु युवालाई पक्राउ गरेको छ । चटगाउँको न्यू मार्केटस्थित आजादी स्तम्भमा राष्ट्रिय झन्डामाथि भगवा झन्डा फहराएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो । यस मुद्दामा अन्य १७ जनालाई पनि अभियुक्त बनाइएको छ । गत अक्टोबर २५ मा सनातन जागरण मञ्चले आफ्ना आठबुँदे मागलाई लिएर चटगाउँको लालदिघी मैदानमा जुलुस निकालेको थियो । र्यालीका क्रममा नयाँ बजार चोकमा रहेको आजादी स्तम्भमा केही व्यक्तिले भगवा झन्डा फहराएका थिए । यस झन्डामा ‘आमी सनातनी’ लेखिएको थियो ।
फिल्म ‘१२ गाउँ’ काे तीन हप्ताकाे कमाइ कति ?
चलचित्र ‘१२ गाउँ’ले तीन हप्तामा साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फूलपातीका दिन रिलिज भएको चलचित्रले तीन हप्तामा २३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । विराज भट्टले निर्देशन गरेको चलचित्रमा विराज स्वयं र उनका छोरा समीर भट्ट मुख्य भूमिकामा छन् । विराज भट्टले यसको सिक्वेल पनि चाँडै बन्ने बताएका छन् । “अर्को दसैँ र तिहारसम्म हामी अर्को चलचित्र लिएर आउँछौँ । हामीले केही तयारी गरिसकेका छौँ,” विराज भन्छन्, “अब केही समयमै अर्को सिनेमा निर्माणको प्रोसेस अगाडि बढाउँछौँ ।” उनले अब अर्को चलचित्र निर्माणमा ढिलो नगर्ने उनले स्पष्ट पारे ।
‘कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताउनुभएको छ । पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उहाँले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताउनुभयो । अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।”
चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना...
तिहार बिदाको समयलाई सदुुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुुभयो । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।
राति चार प्रदेशका वर्षा र हिमपात हुने सम्भावना
आज (शुक्रबार) राति चार प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
स्पेनमा भारी वर्षा हुने संकेत, ‘रेड अलर्ट’ जारी
स्पेनको मौसम विभागले देशको दक्षिण-पश्चिमी भागमा अवस्थित तटीय क्षेत्र ह्युल्भामा भारी वर्षा हुने उल्लेख गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ। यो चेतावनी स्पेनको स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा लगातार १२ घण्टासम्म १४० मिलिमिटर भारी वर्षा हुने अनुमान गरिएको छ। प्रदेशका अन्य क्षेत्रमा ‘अरेन्ज’ अलर्ट जारी गरिएको छ। अहिलेसम्म स्पेनमा बाढीले १९५ जनाको मृत्यु भइसकेको छ।
कार्यालयमा आगजनीपछि बङ्गलादेशी पार्टीद्वारा प्रदर्शनकारीहरूको निन्दा
विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा आगो लगाएको एक दिनपछि आएको हो । पदच्युत पूर्व नेत्री शेख हसिनाको कार्यकालमा वाणिज्यमन्त्री रहनुभएका जातीय पार्टीका प्रमुख गुलाम मुहम्मद कादरले बिहीबार राति आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयहरू जलाएको बताउनुभयो । “देश अहिले विभाजित छ”, कादरले ढाकामा पत्रकारहरूसँग भन्नुभयो, “देशलाई ‘शुद्ध’ र ‘अशुद्ध’ समूहमा विभाजन गर्दै उनीहरूले अरू सबैलाई बेवास्ता गर्छन्, उनीहरूले को दोषी र को होइन भन्ने निर्धारण गर्छन्, औचित्यका लागि कुनै ठाउँ छोड्दैनन् । एकपटक उनीहरूले कसैलाई दोषी भनेपछि, त्यो अन्तिम हुन्छ ,
फिल्म ‘पुष्पा २ः द रूल’ को नयाँ पोष्टरमा अल्लू अर्जुन र रश्मिका
अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २ः द रूल’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ दीपावलीको अवसर पारेर सार्वजनिक नयाँ पोष्टरमा अल्लू अर्जुन र रश्मिका मन्दनाको प्रेम र रोमान्स झल्काइएको छ । ५ डिसेम्बर २०२४ मा प्रदर्शन हुँदैछ । फिल्ममा अल्लु र रश्मिकाको अलवा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन् । सन् २०२१ मा रिलिज सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेलको रुपमा ‘पुष्पा २ः द रूल’ निर्माण भएको हो । फिल्म निर्माण घोषणा भए देखिनै चर्चामा छ ।
अबको केही वर्षमा मान्छेका सबै काम एआईले गरिदिन्छः एलन मस्क
अर्बपति उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अबको केही वर्षमा मान्छेका सबै काम गर्नसक्ने बताएका छन् सुरुवातदेखि नै एआई मानवको हितमा नभएको अभिव्यक्ति दिँदै आएका उनी आफ्नो धारणामा अडिग छन् । उनले हालै एक भर्चुअल कार्यक्रममार्फत २०२८ वा २०२९ सम्ममा मानवले गर्न सक्ने सबै काम एआईले गरिदिने बताएका हुन् । मस्कका अनुसार एआई हरेक वर्ष १० गुणा बढी शक्तिशाली हुँदै गएको छ । उनले भने, “अबको चार वर्षमा उनीहरू (एआई) मान्छेभन्दा १० हजार गुणा शक्तिशाली हुन्छन् । हुनसक्छ लाखौं गुणा शक्तिशाली पनि हुनसक्छ ।” हालैमात्र मस्कको एआई स्टार्टअप ‘एक्सएआई’ले विश्वकै सबैभन्दा ठूलो एआई सुपर कम्प्युटर सार्वजनिक गरेको छ । यसमा एक लाख बढी एनभिदिया होपर जीपीयू प्रयोग भएको छ । यसले मस्कको एआई च्याटबट ग्रोकलाई तालिम दिने बताइएको छ ।
एमालेबाट कीर्तिपुरको मेयर उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस
नेकपा (एमाले)बाट आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् । एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् । कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको गएको साउन १० गते राति निधन भएको थियो । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने तय भएको छ । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुँदै छ ।
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो । त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो ।
महोत्तरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
कैलाली, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहास्थित राजु बर्णवाल र विकाश बर्णवालको बिप्लप टेड्रस एण्ड सप्लायर्स कपडा पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ४ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ महोत्तरी, बर्दिबास नगरपालिका–५ ढुङ्ग्रे गाउँ बस्ने निर बहादुर थापा मगर भन्ने डम्मर बहादुर थापा मगरको घरमा सोही ठाउँ बस्ने मोहन यादवले संचालन गरेको किराना पसल, कस्मेटिक र जुत्ता–चप्पलको पसलमा बिहीबार बेलुकी आगलागी हुँदा घर तथा पसलमा रहेको किराना, कस्मेटिक र जुत्ता चप्पल जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ रौतहट, दुर्गा भगवती गाउँपालिका–१ पिपरा टोल बस्ने रामलाल दासको घरमा बिहीबार राति आगलागी हुँदा नगद ३ लाख रूपै याँ, सुन तथा चाँदीका विभिन्न गरगहना, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका–५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
हेजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण
उत्तरी इजरायलमा हेजबुल्लाहले बिहीबार गरेका दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यो हमला महिनौँयता भएका आक्रमणमध्ये सबैभन्दा घातक साबित भएको छ।लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई कृषि कामदारको मृत्यु भएको इजरायली र थाई अधिकारीहरूले बताएका छन्।पछि हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनका वयस्क छोराको पनि मृत्यु भएको हो।
युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा
युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नु भएको छ । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ अमेरिका र दक्षिण कोरिया ले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाँइमा सहभागी हुने बताउदै आएका छन् । वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे, पाल्पा, चितवन लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१.ह १९८१ नम्बरको ई–रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो ।
चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–प्रदान
चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स ९यूएई० का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदान –प्रदान गर्नु भएको छ । चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्धिपक्षिय सहयोगका लागि असल साझेदार रहने बताउनु भएको छ । उहाँका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन–संयुक्त अरब इमिरेट्सले राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।
प्रतिक्रिया