नेपालले भाेलि हङकङ सिक्सेस अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियासँग खेल्दै
हङकङ सिक्सेस अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिवार अस्ट्रेलियासँग खेल्दै छ।
मिसन रोड ग्राउण्डमा हुने यो खेल नेपाली समयअनुसार शनिवार बिहान ६ः१५ बजेबाट सुरु हुनेछ। तीन पटकको च्याम्पियन अस्ट्रेलियासँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो।
नेपाली टोलीको कप्तानी सन्दीप जोराले गरेका छन् भने अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन्। यसअघि नेपालले आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो भने अस्टे्रलियाले पनि इङ्ग्ल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ।यो खेलले समूह विजेता र उप–विजेताको टुंगो लाग्नेछ।
जारी प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। यस समूहमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड छन्। सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन्।समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ।
प्रतिक्रिया