राति चार प्रदेशका वर्षा र हिमपात हुने सम्भावना

आज (शुक्रबार) राति चार प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र वर्षा तथा हिमपात हुने सम्भावना देखिनु भनेको सम्भावना कम हुनु हो।