महोत्तरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
कैलाली, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहास्थित राजु बर्णवाल र विकाश बर्णवालको बिप्लप टेड्रस एण्ड सप्लायर्स कपडा पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ४ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका–५ ढुङ्ग्रे गाउँ बस्ने निर बहादुर थापा मगर भन्ने डम्मर बहादुर थापा मगरको घरमा सोही ठाउँ बस्ने मोहन यादवले संचालन गरेको किराना पसल, कस्मेटिक र जुत्ता–चप्पलको पसलमा बिहीबार बेलुकी आगलागी हुँदा घर तथा पसलमा रहेको किराना, कस्मेटिक र जुत्ता चप्पल जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, दुर्गा भगवती गाउँपालिका–१ पिपरा टोल बस्ने रामलाल दासको घरमा बिहीबार राति आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचिनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने प्रेम गुरूङको घरमा रहेको होटलमा बिहीबार राति आगलागी हुँदा होटल भित्र रहेको भाँडाबर्तन, फ्रिज र फर्निचर लगायतका सरसामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–६ सिसैया बस्ने मान बहादुर चौधरीको त्रिलोक अटो सर्भिसमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका–१५ चन्कीपुरस्थित बिजुला मरासिनीको धन्नजय फुट प्रोडक्सन कम्पनीमा बिहीबार राति आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, ल्यापटप २ थान, प्रिन्टर १ थान र फर्निचर लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, कोल्हवी नगरपालिका–८ मिलन चोक बस्ने ६० वर्षीय रूद्र प्रसाद बजगाईको गोठमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषा, सबैला नगरपालिका–१० खरियानी बजार बस्ने सँजय पंजियारको घरमा रहेको कृषि समाग्रीको स्टोरमा शुक्रबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, मल, बिउ बिजन गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया