चलचित्र बोर्डले छायाकारलाई १० दिन निःशुल्क ड्रोन पाइलट तालिम दिने
चलचित्र विकास बोर्डले नेपाली छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट तालिम दिने घोषणा गरेको छ।
नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग बढ्न थालेको छ। दृश्यलाई थप आकर्षक बनाउने उद्देश्यले छायाकारहरूले ड्रोनको अधिकतम उपयोग गर्दै आएका छन्।तर, ड्रोन उडानको सही तरिका र कानुनी व्यवस्था जान्न आवश्यक भएकाले बोर्डले यस्तो तालिम दिन लागेको हो। सूचना जारी गर्दै बोर्डले नेपाली छायाकारलाई तालिममा सहभागी हुन आग्रह गरेको छ।
तालिम नेपाल प्रहरी र उड्डयन क्षेत्रका विज्ञहरूले प्रदान गर्नेछन्, जसमा विदेशमा ड्रोन पाइलट अध्ययन गरेका विशेषज्ञहरूले तालिम दिनेछन । बोर्डका अध्यक्ष दिनेश डिसीले दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली फिल्म छायाकारलाई यो तालिम दिन लागिएको जानकारी दिए।
छायाकारहरूले आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया