इमरान खानलाई सत्ताबाट हटाउने पाकिस्तानको दाबीबारे अमेरिकाले के भन्यो?

इस्लामावादः अमेरिकाले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सरकारलाई अपदस्थ गर्नमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ।

अमेरिकाले यी आरोपहरूमा कुनै सत्यता नभएको र इमरान खान विरुद्धको कानुनी मुद्दाहरूको फैसला पाकिस्तानको अदालतले गर्नुपर्ने बताएको छ।

"पीटीआईका वरिष्ठ नेता लतिफ खोसाले दाबी गरेका छन् कि डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेमा इमरान खानको रिहाइ सम्भव छ र यदि डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेमा राजनीतिक दृष्टिकोण इमरान खानको पक्षमा परिवर्तन हुन सक्छ", एक पत्रकारले साप्ताहिक ब्रीफिंगमा विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरलाई सोधे।"

इमरान खानलाई सत्ताबाट हटाउने षड्यन्त्रमा अमेरिकी राजदूत डोनाल्ड लोव संलग्न छन् कि छैनन् भनेर पनि पत्रकारले सोधेका थिए।

"मलाई थाहा छैन मैले कति पटक भनेको छु कि यसमा कुनै सत्यता छैन", विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले एक पत्रकारको प्रश्नको जवाफमा भने।

"इमरान खान विरुद्धको कानुनी मुद्दाहरूको फैसला पाकिस्तानको अदालतले गर्नुपर्छ। उनको सरकार पल्टाउन अमेरिकाले कुनै भूमिका खेलेको आरोपमा कुनै सत्यता छैन, हामीले धेरै पटक जवाफ दिएका छौं कि त्यस्तो कुनै कुरा छैन। र पाकिस्तानको राजनीति यहाँका जनताको हो र उनीहरूले आफ्नो कानुन र संविधानअनुसार निर्णय गर्नेछन्।"