वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

स्टिकर छपाइ प्रकरणः विकल र सफलले मात्र खाए ३८ करोड ? 

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ । बुधबार भएको फैसलामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहर्j;याइएको छ । गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष हुँदा अर्यालको संलग्नता र अगुवाइमा यो काण्ड भएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको थियो । 

https://barnanmedia.com/news/detail/201158/ 

सुसंस्कृत राजनीतिको एजेण्डा बोकेको रास्वपाका सांसद श्रेष्ठका ‘अश्लील’ अभिव्यक्ति 

कसैलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफू पक्राउ पर्दा ‘सरकार म¥यो, जुठो प¥यो’ भने। सहकारी ठगीमा पक्राउ परेका रवि दुई सातादेखि कास्की प्रहरीको हिरासतमा छन्। रास्वपा नेताहरू अहिले रविकै शैली पच्छाउन थालेका छन्।  नेपाली राजनीति विकृत भएको भन्दै सुसंस्कृत राजनीतिको एजेण्डा बोकेको दलका नेताहरू अश्लील अभिव्यक्ति दिन थालेका हुन्। युवा तथा खेलकुदमन्त्री समेत रही सकेका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गणतन्त्रलाई अश्लीलतासँग जोडेका हुन्। 

https://barnanmedia.com/news/detail/201183/
 

 तिहारमा लामो बिदा, पत्तो छैन न्यायाधीश नियुक्ति 

अदालतमा दशैंपछिको लामो बिहिबार सुरु भइसकेकोले जनताको न्याय प्राप्तीको संघर्षमा फेरी अल्पविराम लागेको छ । बिहिबार सुरु भएको सरकारी बिदा उन्नाइश कात्तिकसम्मै कायम रहनेछ भने २२ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तिका कारण कात्तिक महिनामा समेत लामा लामा बिदाहरु रहेका छन् । सरकारी बिदा जति धेरै हुन्छ, सरकारी सेवामा जनताको संघर्ष त्यति नै कडा हुने गरेको पाइन्छ ।  कात्तिकमा बांकी रहेका १५ दिनमा ७ दिन मात्रै कार्यालय संचालन हुने भएकाले अब सर्वाेच्च र उच्च अदालतमा खाली रहेका न्यायाधीशहरुको नियुक्तिमा समेत यसै हुने कुराको कुनै सुनिश्चितता नरहेको शुत्रहरुको दावी छ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वाेच्च अदालतको बागडोर सम्हालेको एक महिना पुगिसकेतापनि तत्कालै न्यायाधीश नियुक्ति हुने विषयमा अझै संसय रहेको रहेको पाइएको छ ।  

https://barnanmedia.com/news/detail/201207/ 

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा, प्रेस काउन्सिल बन्यो आक्रामक 

  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गर्नुभएको छ । पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उहाँले बताउनुभयो ।
शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राख्नुभयो ।  आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ,' उहाँले भन्नुभयो, 'तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।'

डिजेल र मट्टितेलको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ? 

 डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ र पोखरा र दिपायलमा यसअघि यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।  यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।

एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेका छन् : पृथ्वी सुब्बा गुरुङ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् ।बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् । हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुमा लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

जन्मना साथ शिशुका थप चार परीक्षण गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्नेभएको छ ।  मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।  उहाँका अनुसार मातृशिशु अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा ती परीक्षण गरिने छ । विश्वमा छ प्रतिशत बालबालिकामा जन्मिना साथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । 

ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने 

अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।  फिलाडेल्फियाीसथत अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिनुभएको हो ।  फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गर्नुभएको थियो। न्यायाधीश एनी मेरी कोयलले भन्नुभयो, “सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।”

मध्यपूर्वको द्वन्द्वले ‘दीर्घ असर’ गर्ने आइएमएफको भनाइ 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गाजा, लेबनान र सुडानले आफ्नो भूमिमा जारी द्वन्द्वले छोड्ने आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने बताएको छ । गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले चालेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो । “यी द्वन्द्वका कारण भएको क्षतिले दशकौंसम्म यसको केन्द्रविन्दुमा चिरकालीन असर छोड्नेछ,” कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ। आएमएफले सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने बताएको छ ।

अछाममा जीप दुर्घटना हुँदा चार घाइते 

 अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् । बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।  

दिपावलीको लागि छतमा तार जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु 

 सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।   दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने 

थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ ।  यही कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

देशभर तिहारको झिलिमिली 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् । विशेषगरी काठमाडौँ उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ ।

आइपिएलमा आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक
 इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ ।​​​​​​​ आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे