६ वर्षदेखि नवीकरण नभएका ९२६ कन्सल्टेन्सीकाे नविकरण (सूचीसहित)

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू (कन्सल्टेन्सी)को नवीकरण गरेको छ । विगत ६ वर्षदेखि नवीकरण नभई अवैधानिकरूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूको नवीकरण गरिएकाे हाे ।

मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जनाएअनुसार ९२६ कन्सल्टेन्सीकाे नविकरण गरिएकाे हाे । मन्त्रालयले गत असार १६ गते र साउन २४ गते गरी दुई पटक सूचना जारी गरी नवीकरण हुन आह्वान गरेकाे थियाे ।

यद्दपि, मन्त्रालयकाे आह्वानमा सबै कन्सल्टेन्सीहरू भने नवीकरणकाे प्रकियामा नगएकाे देखिएकाे छ । ६ वर्ष अगाडि एक हजार ४७३ संस्थाले अनुमति लिएका थिए तर, जसमध्ये ५४७ संस्थाले मात्रै नवीकरण गरेका हुन् ।

मन्त्रालयले २०७५ साल साउन १४ गतेबाट नवीकरण बिनै सञ्चालन भइरहेका थिए ।

यी हुन् नविकरण भएका कन्सल्टेन्सी