सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष तामाङ पक्राउ
काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए
३६वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।
प्रतिक्रिया