रास्वपाले स्थानीय तह उपनिर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ ।
पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने बताएको छ । रास्वपले उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने भएको छ ।
त्यस्तै, रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ । १६ मंसिरमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया