नेपालमा बन्दैन तास, कुन-कुन देशबाट आउँछ ?
नेपालीहरूको महान् चाड दशैं तिहार लगायतमा चाडपर्वहरूमा नेपालीहरूले विशेषतः तास खेल्ने गर्दछन् । आफ्ना आफन्तसँग वा साथीहरू भेला भएर रमाइलो गर्नका लागि तास खेल्ने गरिन्छ । तर नेपालमा भने बन्दैन । तर नेपालमा तास भने प्रीति मात्रामा उपलब्ध रहेका हुन्छन् । नेपालको जुनसुकै जिल्लामा पनि तास पाइन्छ ।
यस्ता तासहरू वर्षेनी विदेशबाट करोडौँ खर्चिएर ल्याउने गरिन्छ । यो वर्षको चाडपर्वलाई लक्षित गरेर मात्रै विभिन्न देशहरूबाट गरेर ३९ लाख ८५ हजार ६ सय ३ बुक तास नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकले देखाएको छ
अहिले नेपालमा मूख्यत चीन, भारत, युके, अमेरिका जस्ता देशहरूबाट तास आयात हुने गरेको छ । नेपालमा असोज महिनामा मात्रै ५ करोड ६५ लाख ८९ हजारको तास आएको छ ।
यस पटक साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न देशहरूबाट गरेर ११ करोड ७७ लाख ५३ हजारको तास आयात भएको छ । गत वर्षको साही अवधिमा भने १४ करोड ३२ लाख ४९ हजारको तास आएको थियो ।
नेपालमा सबैभन्दा बढी तास चीनबाट आयात भएको छ । यस पटक चीनबाट मात्रै १० करोड ६३ लाख ९८ हजार रुपैयाँको ३७ लाख ६८ हजार ३ सय ७९ बुक सबैभन्दा बढी तास चीनबाट आयात भएको छ ।
आयात भएको तासमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेको छ । दोस्रोमा भारत रहेको छ । यस पटक भारतबाट १ करोड १३ लाख ५० हजार रुपैयाँको २ लाख १६ हजार ४ सय ९६ बुक तास आएको छ ।
अमेरिकाबाट ७२० बुक तास आएको छ । युकेबाट ४ बुक आस आए ।
प्रतिक्रिया