रास्वपाकाे सबै आन्दोलन छठसम्मका लागि स्थगित
सभापति रवि लामिछाने पक्राउको विरोधमा जारी आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टीले छठसम्मलाई स्थगित गरेको छ । उसले हाल लामिछाने हिरासतमा रहेको कास्कीमा भने आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
आन्दोलनका संयोजक तथा रास्वपा उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’का अनुसार नेपालीहरूका चार्ड तिहार र छठलाई लक्षित गरेर कास्कीबाहेककाको आन्दोलन रोकिएको हो ।
‘कास्कीमा त भाइटीकाको दिन पनि धर्ना बस्ने साथीहरूले भन्नुभएको छ । तर काठमाडौंसहित अन्य जिल्लामा जारी आन्दोलन छठसम्म स्थगित गरिएको छ’, उपसभापति अर्यालले भने, ‘साथीहरूले देउसी भौलोमार्फत खबरदारी गर्ने भन्नुभएको छ । मैले उत्तेजित भएर नगर्नु भनेको छु । सकै कुरा रोक्न त सकिँदैन नि । उहाँहरू रोक्न मान्नु नै भएको थिएन ।’
अर्यालका अनुसार रास्वपा शुभेक्छुकहरूले देउसी भैलीमार्फत पनि सभापति लामिछानेको पक्राउविरुद्ध अभियान जारी राख्ने भएका छन् ।
गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका थिए । त्यसलगत्तै रास्वपाले कास्की, काठमाडौं र देशका अन्य जिल्लामा आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया