घरेलु मैदानमा उपाधि चुम्न चुकेको नेपाल

बंगलादेशको सफलता श्रृङ्खला र नेपालको असफलताको श्रृङ्खलाको अर्को एउटा कथा बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा लेखियो ।

खचाखच भरिएको रंगशालामा खेल सकिन केही सेकेन्ड बाँकी रहँदासम्म सुनिएको ‘नेपाल, नेपाल’को चिच्चाहट थपिएको पाँच मिनेट जोड्दा ९५ औँ मिनेटमा पुगेर एकाएक रोकियो । १५ हजार बढि घरेलु दर्शकबिच बंगलादेशले खुसि मनाईरहँदा नेपालले १२ औँ पटक च्याम्पियन ट्रफि परैबाट हेर्नुपरिरहेको थियो ।

साफ च्याम्पियनसिपको फाइनलमा छैटाैंपटक फाइनल हार्नु, अझ अघिल्लो संसकरणमा जुन टीमसँग फाइनल हारेको उसैसँग पुनः हार्नु पीडामाथि अर्को पीडा थियो । अझ भनौ सुनौलो समयमा गुज्रिरहेको नेपाली महिला फुटबलले यो समयमा पनि उपाधि नजित्नुले अब कति वर्ष कुर्नुपर्ने हो भन्ने भय नेपाली टिम र अफिसियको अनुहारमा झल्किरहेको देखिन्थ्यो ।

फाईनल खेल अघि सेमिफाईनलमा खेलेको नेपाली टिमको “कन्फिडेन्ट” र फाईनलको प्रर्दशन हेर्दा निकै फरक अनुभुति गर्न सकिन्थ्यो । भारत विरुद्धको डिफेन्डदेखि फिनिसिङ लाईनसम्म नेपाल बलियो थियो । तर बंगलादेशसँगको फाईनलमा भारतसँगको सेमिफाईनल खेलेको टिमजत्तिको कन्फिडेन्ट लाईन देखिएन् ।

मध्यान्तरसम्म ठिकठाक फुटबल खेलेको नेपालले दोश्रो हाफमा आफ्नो लय पुरै गुमाउन पुग्यो । पहिलो हाफको १० औँ मिनेट नेपालकी अमिषा कार्कीले गरेको शक्तिशाली प्रहार पोलमा लागेर फर्किएपछि नेपालले एउटा महत्वपूर्ण अग्रताको अवसर गुमायो ।

योबाहेक उनै अमिषाले ५६ औँ मिनेटमा गरेको गोल र साबित्रा भण्डारी“साम्बा”ले ६१ औँ मिनेटमा गरेको प्रहार बाहेक नेपालले बंगलादेशी गोल रक्षकलाई कुनै दबाब दिन सकेन ।

दोश्रो हाफको सुरुबाटै लय गुमाएको नेपालले ५२ औँ मिनेटमा गोल खायो । तर त्यो गोल बंगलादेशको लागि नेपालको मानसिकतालाई गिराउने एउटा महत्वपूर्ण हतियार साबित भयो । दोश्रो हाफको सुरुवाती मिनेटमानै गोल खाएपनि उक्त ऋण तिरेर खेल जित्ने नेपाललाई समयनै समय थियो । र त्यहीअनरुप गोल गाएको ४ मिनेटमानै गोल फर्काउदै नेपालले बराबरी गर्न सफल भयो तर एक गोलले पछि परेको समयमो भयको मानसिकतालाई नेपालले बदल्न सकेन र एकपछि अर्को गल्तिहरु हुँदै गए ।

रेखा पौडेल नहुँदा साम्बालाई अट्याकिङ लाईनमा साथ दिने भरपर्दो साथि भएन् । नेपाली महिला फुटबलको अर्को कमजोरी अट्याकिङ मिडफिल्डरहरु लयमा नदेखिनु पनि हो । रेनुका नगरकोटी र सरु लिम्बुले फाईनलमा उत्कृष्ट बलहरु निकाल्न सकेनन् । मिडफिल्डरहरु कमजोर हुँदा फरर्वाड छायाँमा परेजस्तै भए साम्बा र अमिषा । डेंगु संक्रमणले स्वास्थ्यमा समस्या बनाएको साम्बाले पनि आफ्नो स्तरको प्रर्दशनलाई फाईनलमा देखाउन् सकिनन् ।

खेलको अन्त्यतिर गोल गरेर आत्मविश्वास बढाएकी अमिसालाई निकालेर अनितालाई मैदानमा छिराईयो । तर उनको प्रर्दशन निरासाजनक रह्यो । अझ बंगलादेशको अन्तिम गोल उनले सहजै बिट गर्नुपर्ने बललाई चोरेर गर्न सफल बन्यो ।दोश्रो हाफपछि बंगलादेश नेपालको हरेक पक्षमा हाबी भयो । नेपालको अट्याक र मिडफिल्डको तालमेल नमिलेको थाहा पाएपछि बंगलादेशले नेपालको डिफेन्ड लाईनलमा निरन्तर आक्रमण गर्दै नेपाललाई आफ्नै गोलपोष्ट वरपर व्यस्त बनायो ।

समग्रमा हेर्दा बुधबारको फाईनल खेलमा नेपालभन्दा बंगलादेश हरेक क्षेत्रमा बलियो र आत्मविश्वासी देखा परे र परिणाम लगातार दोश्रो पटक नेपाललाई हराएर साफ च्याम्पियनसिपको बिजेता बन्न सफल भयो ।

सन् २०१० मा मात्र अन्तराष्ट्रिय महिला फुटबलमा पाईला टेकेको बंगलादेशको लागि यो सफलता निकै महत्वर्पूण छ । पछिल्लो दशकमा बंगलादेशले ग्रास रुट फुटबलमा गरेको लगानी, घरेलु महिला लिगमा गरेको सुधारनै यो सफलताको कारण हो भन्दा फरक पर्दैने ।