नेपाल प्रिमियर लिग : मोहमद नावीका छोरा हसन चितवन राइनोजमा
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ ।
१८ बर्षिय ओपनिङ ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ । चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन् । हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नावीका छोरा हुन् ।
यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो । चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन् ।
प्रतिक्रिया