प्रधानमन्त्री ओली दशरथ रंगशालामा
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नुभएको छ ।
मैदानमै पुगेर प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशका खेलाडीलाई शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीसँगै मैदानमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमेत दशरथ रंगशालामा पुग्नुभएको छ ।
प्रधानमन्त्री, उपप्रधानमन्त्रीसँगै मैदानमा पुगेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विशिष्ठ व्यक्तित्व मैदानमा पुगेर शुभकामना दिनुभएको हो ।
प्रतिक्रिया