साफकाे फाइनल हेर्न टिकट नपाएपछि दर्शकहरू आक्रोशित हुँदै एन्फाविरुद्ध नाराबाजी
टुँडिखेल, सानो गौचरण र सिफलमा महानगरले साफ फाइनलकाे लाइभ देखाउने
साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल आज साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ । खेल हेर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटको व्यवस्था मिलाएको छ । तर, टिकट नपाएपछि सर्वसाधारणहरू आक्रोशित बनेका छन् ।
बिहानैदेखि एन्फा कम्प्लेक्स, जावलाखेल र भद्रकाली आर्मी गेटमा टिकट लिनेहरूको भिड लागेको छ । अत्यधिक माग भएका कारण एन्फालाई टिकट बिक्री व्यवस्थित बनाउन धौ–धौ परेको छ । जावलाखेल र भद्रकालीमा गरेका छन् ।
एन्फाका अनुसार एकजनाले अधिकतम दुईववटा भीआईपी र ५ वटा साधारण टिकट लिनसक्नेछन् । जावलाखेलमा साधारणतर्फ ४ हजार र भीआईपीतर्फ ३ सय टिकट बिक्री भइसकेको बताइएको छ ।
यसैबीच, काठमाडौँ महानगरले पनि यो खेलको तीन ठाउँबाट लाइभ गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालयले दिएको जानकारी अनुसार टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ हुनेछ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशाला जाँदैछन् । उनले विजेता टोलीलाई पुरस्कार समेत वितरण गर्नेछन् ।
प्रतिक्रिया