सहकारीमा पक्राउ परेका सभापति लामिछानेकाे मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : अध्यक्ष राजेन्द्र महतो
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउको विषय प्रतिशोध वा बार्गेनिङमा टुंगिने आशंका गरेका छन् ।
अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै जो सुकै भएपनि अभियोग वा आरोप लागेकामाथि निष्पक्ष न्यायिक अनुसन्धान एवं कारबाही हुनुपर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसंगत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, न्यायालयले प्रमाण एवं तथ्यको आधारमा फैसला गर्लान् भन्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले विश्वास लिएको छ । यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि सूक्ष्म ढंगले नियालिरहेका छौँ । किनभने यहाँ भएका ऐन कानूनको दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले गर्दै आएको पनि नेपाली जनताले महसुस गरिरहेकै छ ।’आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई र विपक्षीहरूलाई तह लगाउन, आफ्नालाई संरक्षण गर्न, अनुचित लाभ प्राप्त गरी अपराधी उम्काउन यसको निम्ति कानूनको प्रयोग हतियारको रूपमा गर्दै आएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया