जानाैँ ! दुबोको जुस खानुका फाइदा
दुबोको प्रयोग हामी मुख्यगरी माला बनाएर लगाउन र धार्मिक कार्यमा प्रयोग गर्छौ । नेपाली संस्कृतिमा नै दुबो गाँसिएको छ ।
विवाह, व्रतबन्ध, पूजा–पाठ वा कुनै पनि माङ्गलिक क्रियाकलाप, दुबो सबै ठाउँमा हुन्छ । दुबो जता पनि उम्रिन्छ । धेरैलाई दुबोको यस्ता उपयोगिताहरू मात्रै थाहा छ । तर दुबोका स्वास्थ्यलाभहरुका विषयमा प्राय अनविज्ञ नै छन् । यसकारण आज हामी दुबोको थप उपयोगिता र स्वास्थ्यलाभहरुको विषयमा जानकारी गराउँछौ ।
धेरैलाई दुबोको जुस बनाएर खाइन्छ भन्ने पनि थाहा नहुन सक्छ । दुबो एक चिसो जडीबुटी हो । आयुर्वेदमा यसको धेरै फाइदाबारे बताइएको छ । दुबोको सेवन गर्दा ब्लड सुगरको स्तर कम हुने आयुर्वेद विशेषज्ञ बताउँछन् ।
अनुसन्धानबाट के पत्ता लागेको छ भने दुबोको रस पिउँदा मधुमेहका रोगीमा हाइपोग्लाइसेमिक इफेक्ट हुन्छ । अर्थात् ब्लड सुगर कम हुन्छ । यसैगरी दुबोको रस खाँदा रगत डिटक्सीफाई हुन्छ अर्थात् रगत सफा हुन्छ ।
यसका लाभहरु
यसले रगतको विकारलाई ठिक गर्ने काम गर्छ । दुबोले रगतमा कोलेस्ट्रोल स्तर पनि कम गर्छ । यसले हाम्रो मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । त्यसैले रगत सफा गर्नु छ भने घरमा दुबोको जुस बनाउनुहोस् र पिउनुहोस् ।
यस्तै दुबोको रसलाई ग्रिन ब्लड पनि भनिन्छ । यसको सेवनले रातो रक्त कोशिका पनि बढ्छ । रगतको कमीका कारण हुने रक्तअल्पत्ता पनि निको पार्न सकिन्छ ।
दुबोलाई प्रतिरोधी क्षमता बढाउने हर्ब मानिन्छ । यसमा आइरन, एन्टी अक्सिडेन्ट्स, क्याल्सियम, फस्फोरस, फाइबर, पोटासियम र प्रोटिनले भरपुर हुन्छ । हामीले शरीरमा पोषक तत्त्वको कमी हुँदा र टक्सिनको मात्रा बढ्दा प्रतिरोधी क्षमता कमजोर हुन्छ । दुबोले डिटक्सीफायर औषधीको रूपमा काम गर्छ, रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
तपाईँलाई टाउको दुखिरहन्छ भने दुबोको जुस खाँदा लाभ मिल्छ । यति मात्रै होइन, शरीरमा ऐँठन वा दुखाई छ भने पनि यसले कम गर्छ । दाँत दुखिरहेको छ भने महमा दुबोको रस मिसाएर खानुहोस् वा सुख्खा पाउडरलाई घिउ वा महसँग मिसाएर खानुहोस् ।
यसले तुरुन्त राहत मिल्छ । ज्वरो आउँदा दुबोको जुस खाँदा सबैभन्दा बढी असरदार हुन्छ । पेट बटारिएको छ वा दुखिरहेको छ भने पेटमा अल्सर हुँदा दुबोको जुस पिउनुपर्छ । यसै गरी दुबोले पाचन प्रक्रिया पनि ठिक हुन्छ ।
कुलिङ नेचर भएका कारण यो एसिडिटीमा पनि उपयोगी छ । दुबोको सेवनले तनाव पनि कम गर्छ । बिहान नाङ्गो खुट्टाले दुबोलाई कुल्चिएर हिँड्नुभयो भने आँखाको ज्योति बढ्नुका साथै टाउको दुखाई, माइग्रेन पनि निको हुन सक्छ ।
प्रतिक्रिया