अल्जेरियामा सवारी दुर्घटना हुदाँ ११ जनाको मृत्यु
काठमाडौँ, १४ कात्तिकः मङ्गलबार दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको राष्ट्रिय गेन्डरमेरी विभागले एक विज्ञप्तिमार्फत जनाएको छ ।
अल्जियर्सबाट करिब ८०० किलोमिटर दक्षिणमा रहेको ओअर्गला प्रान्तको हसी मेसाउद र एल बोर्मा नगरपालिका जोड्ने सडकमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न बसले नजिकैको तेल क्षेत्र कम्पनीका कामदारहरू बोकेको थियो । यो क्षेत्र प्राकृतिक ग्यासको समृद्ध भण्डारको लागि परिचित छ ।
घटनामा एक जना घाइते भएको स्रोतले जनाएको छ ।अल्जेरियामा ९० प्रतिशत भन्दा बढी ट्राफिक दुर्घटनाहरू मानव त्रुटिका कारणले गर्दा हुन्छ ।
प्रतिक्रिया