मिडफिल्डर रोड्रीलाई बालोन डी ओरकाे अवार्ड

पुरुष फुटबलरहरूको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।
फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष बालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् । भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।
रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।
यस वर्ष, भिनिसियस र बेलिंगह्याम अवार्ड समारोहमा अनुपस्थित थिए । यद्यपि, रियल म्याड्रिडले क्लब अफ द इयर अवार्ड जितेको थियो भने कार्लो एन्सेलोटीले पुरुष कोच अफ द इयरको सम्मान पाएका थिए । गार्ड म्युलर ट्रफीको उपाधि पेरिस सेन्ट–जर्मेनका केलियन एमबाप्पेले इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसँग संयुक्त रुपमा प्राप्त गरे ।
यसैगरी लामिन यामालले यस वर्षको सर्वश्रेष्ठ २१ वर्ष मुनिका खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी प्राप्त गरे । उनले स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसैगरी, महिला अधिकारको पक्षमा गरेको योगदानका लागि जेनिफर हर्मोसोलाई सोक्रेटिस अवार्डले सम्मानित गरियो भने अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले लगातार दोस्रो पटक यासिन ट्रफी जित्दै यस वर्षका उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे ।
बालोन डी’ओरमा सन २००८ यता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबा रहँदै आएको थियो । मेस्सीले यो अवार्ड ८ पटक जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् । रोनाल्डोले पछिल्लो बालोन डि ओर सन् २०१७ मा जितेका थिए भने मेस्सीले २०२३ को अवार्ड जितेका थिए ।
महिलातर्फ
२०२४ महिला ब्यालोन डी’ओरको प्रतिष्ठित अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार हात पारेकी हुन् ।
उनले बार्सिलोनालाई स्पेनिश प्रिमेरा डिभिजन र महिला च्याम्पियन्स लिगमा विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् । स्पेनका लागि पनि उनले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै महिला विश्वकप २०२३ जित्न ठूलो योगदान दिइन् । एइतानाको मिडफिल्डमा उच्च दक्षता, खेल नियन्त्रण गर्ने क्षमता र गोल गर्ने कला नै उनको प्रमुख विशेषताहरू हुन् ।

नेपाल प्रिमियर लिग : अस्ट्रेलियाका बेन कटिङ लुम्बिनी लायन्समा अनुबन्ध

विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्ने

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न किन राेकियाे ?
_1AzXcYh2oD_dbta6swgtem0sw1j0le8hsudiwscrivtm5jowoq5wlicikjroophhfvhxumt_R6pqW0tEVF_ub8b0fi2sgpe4vunbfjuxoliwosam1dxanghzxlgapthhv8wt4mhxylegroi.jpeg)
केएल राहुलले आईपीएलको मेगा लिलामी अघि लखनऊ सुपर जायन्ट्स छोड्ने
_DqqAdlBDf5_5oyyjfphlv3us6cw7l3f4mpsgrc6wesgrofhkqo7pdul0gow21gltqon9hnz_111175Albc_cs97g1dij570ckcelo3t5plfdtkh6hmxtlrk7ijzcos0cxnkvdn9vjbbhywi.jpeg)
यु–१७ एसियन कप छनोट : जितबिहीन घर फर्कियाे नेपाल

विश्वकप लिग–२ : अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमायाे

नेपाल र भारतबीच अझै सुरु भएन खेल
_Yl5k0Ywuzd_lvsntur4eg70djpd28rbcxdv2fwzvsoxpytronyt7q2bc5icjtokay1jixpn_C5HoGr68yt_0jsxwhu0yzhqjum1bxmyckteevv6jrulq6da44ep3g2hxrzoem8fapaifm3b.jpeg)
प्रतिक्रिया