नेपाल प्रिमियर लिग : क्यानडाका कप्तान निकोलस कीर्तनले विराटनगर किंग्सबाट खेल्ने

क्यानडाका कप्तान निकोलस कीर्तनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगरले क्यानडाका कप्तानलाई दोस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको सोमवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

्कीर्तनले क्यानडाका लागि १८ ओडिआई र २५ टि ट्वान्टी आई खेलेका छन् । उनले ओडिआई र टि ट्वान्टी आईमा गरेर १ हजार ६० रन बनाएका छन् । विराटनगरले केही साता अघि मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् ।

हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

विराटनगरको टिम

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास र निकोलस कीर्तन