रवि लामिछाने ८ घण्टादेखि वकिल कार्यालयमा

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । 

स्रोतका अनुसार बयान आजै सक्ने तयारी छ ।रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । 

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धानका लागि कास्की लगिएको हो ।